मङ्कीपक्स भाइरसको सङ्क्रमण २० देशमा फैलियो,उच्च सतर्कता अपनाउन आग्रह

धादिङ,१४ जेठ।

मङ्कीपक्स भाइरसको सङ्क्रमण २० देशमा फैलिएको पुष्टि भएको छ । २० देशका दुई सय जना भन्दा धेरैमा मङ्कीपक्स संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) लाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ ।

थप एक सय भन्दा धेरैमा शंकास्पद लक्षण देखिएको छ । मङ्कीपक्स भाइरसका बारेमा धेरै मानिसले ध्यान नदिएको र दिन प्रतिदिन फैलिँदै गएकाले यसले विश्वभरलाई प्रभावित पार्न सक्ने भन्दै डब्लूएचओले चिन्ता व्यक्त गरेको छ ।

यस भाइरसका कारण मानिसको ज्यान नै जाने समस्या नभए पनि छिटो छिटो धेरै जनामा सर्ने र शारीरिक समस्या हुने गरेकोले उच्च सतर्कता अपनाउन डाक्टरहरुको अनुरोध छ ।

डब्लूएचओका उच्च अधिकारीहरूले सङ्क्रमण देखिएका देशहरूमा थप फैलिन नदिने र नदेखिएका देशहरुमा प्रवेश गर्न नदिनेगरी गरी काम गर्न पनि सबैलाई आह्वान गरेका छन् । –उज्यालो

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्