थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि

धादिङ,१४ जेठ ।

पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एण्टिजेन गरी १ हजार ९ सय ६९ जनाको नमूना परीक्षण गर्दा ८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप १५ जना निको भएसँगै सक्रिय सङ्क्रमितको संख्या १ सय १४ जनामा झरेको छ । सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएको छैन ।

यस्तै थप १ लाख ४ हजार ५ सय ३४ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्