सडक जामको समाधान खोजौं ! (सम्पादकीय)

धादिङ,१७ जेठ ।
वर्खायाम सुरु भएसंगै सडक जाम पनि सुरु भएको छ । केही समयदेखी देशका विभिन्न सहरहरुमा भित्रिने सवारी साधनहरु लामो समयसम्म जाममा पर्ने गरेका कारण नागरिकहरुले दुःख पाइरहेका गुनसोहरु गर्दै आइरहेका छन् । संघीय संरचना पछिको गठन भएको तीनै तहको सरकारले सडक यातायातमा आमुल परिवर्तन गरिरहेको बताए पनि सान्तोषजनक अवस्था भने आईसकेको छैन ।

केही समय अघिमात्रै प्रदेश सरकारका आर्थिक योजना तथा कानुनमन्त्रीको क्रियाशीलतामा नागढुंगादेखी धादिङसम्मका विभिन्न स्थानहरुमा देखिएको यातायात जाम तथा ट्राफिक समस्याहरुको समाधान गर्ने भनी केही प्रयास भने भएको थियो । त्यस किसिमको प्रयासले पूर्णता पाउन नसक्दा अहिले पनि नागरिहले सास्ती भोग्नु परिरहेको अवस्था छ ।

नेपालको सन्दर्भमा सडक यातायातको क्षेत्रमा सामान्य तथा छोटो समयसम्म जाम पर्नु सामान्य कुरा हो । तर, सरकार वा अन्य सरोकारवाला निकायबाट जति क्रियाशीलताका साथ काम गरिरहेको बताइएपनि सडक जामको अन्त्य हुन सकेको छैन ।

एउटा नागरिक देशको राजधानी काठमाण्डौ जानुपर्दा काठमाण्डौको नाका भित्रिन मात्रै २०/२५ किलोमिटर भित्रै पनि घण्टौ जाम पर्ने अवस्था छ,यसलाई आम सरोकारवाला नागरिकहरुबाटै सहयोगको आवश्यक छ, जतिबेला नागरिक तथा आम यात्रुहरुले सडक जाम पर्नसक्ने कुरालाई मध्यनजर गर्दै सचेतना अपनाउँछन् त्यति बेला मात्रै लामो समयको जामको हलहुन सक्दछ अन्यथा आम यात्रुले दुःख पाइरहनुपर्ने अवस्था छ ।

अहिले मुख्यगरी सडक क्षेत्रमा हुने वाढी पहिरोको पनि मुख्य समस्या छ । सामान्य खालको पानीको वार्षा हुँदा समेत सडकमा माटो तथा पहिरोको समस्या भैरहने अवस्था छ । वर्षायामको सुरुवाती अवस्थामा सामान्य किसिमको पानी पर्दा समेत सडक जामले यो स्थिति ल्याउदा हप्तौं दिनसम्म वर्षा हुने समयमा हाम्रो सडकमा संचालनमा आएको सवारीको अवस्था के होला ? के यो विषयमा सरोकारवालाहरुले सोचेको होलान् त ? कि राष्ट्रिय सडकहरुमा यातायात सुचारु गर्न सक्ने हैसियतमा हामी आमनागरिकहरुले भुमीका खेल्न सक्दैनौं ?

हाम्रा जनप्रतिनिधिहरुको पनि केही भूमीका छैन ? सडक तथा यातायातका क्षेत्रमा देखिएका वा सृजना भएका आम समस्याहरु ट्राफिक प्रहरी वा सडक बोर्ड विभागहरुले मात्रै गर्ने हो ? यो विषयमा गम्भीरताका साथ सोचौं । नयाँ नेपालको परिकल्पना गरिरहेको हामी आमनागरिकहरु बाटै यस्तो समस्याको समाधानका बारेमा सोचियो भने यो समाधानका लागि धेरै दिन कुर्नु पर्दैन । यात्रुवाहकहरुले यात्राको क्रममा कति स्पिडमा जाने, ओभरटेक कसरी कहाँ र कुन अवस्थामा गर्ने ?

यात्रुहरुले कहाँ बाटो काट्ने र कहाँ नकाट्ने, राज्यको नेतृत्व गर्नेहरुले सडक मर्मत, सुधार तथा भौतीक पूर्वाधारको अवस्था व्यवस्थित गर्न के गर्ने भन्ने लगायतका विषयमा मात्रै सोच्न सकियो भने पनि सडक जामको अवस्थामा सुधार आउन सक्छ । दुर्घटना न्युनीकरण लगायतका विषयमा पनि यसको मुख्य भूमीका रहेका कारण सबैले समयमै सोचौं । सडक जाम मात्रै हलभयो भने आम नागरिकहरुको दैनिकीमा सहजता आउन सक्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्