धादिङमा कोरोना संक्रमितको सङ्ख्या चौध सय नाघ्यो,आज १८ जना थपिए

धादिङमा पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आईतबार धादिङको गजुरी र त्रिपुरासुन्दरी गाउँपालिकाका ४र४ जना,धादिङ अस्पतालका ३ जना, नीलकण्ठ नगरपालिका र बेनिघाट रोराङ गाउँपालिकाका २÷२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ अस्स्टिेन्ट मिलन रिजालले बताउनुभयो ।

यस्तै ज्वालामुखी, थाक्रे र खनियाँबास गाउँपालिकाका १र१ जना गरी थप १८ जनामा संक्रमण पुष्टि भएको रिजालले जानकारी दिनुभयो। थपिएका संक्रमितहरुमा २७ बर्षदेखी ८० बर्ष उमेर समुहका १४ जना पुरुष र४ जना महिला रहेका छन् । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार ४ सय ५ पुगेको छ । यसैगरी धादिङका जम्मा संक्रमित मध्ये ८ सय ५५ जनाको धादिङमा स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको र बाँकी ५ सय ५० जनाको भने जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यस्तै संक्रमितहरुमा आईतबार एकैदिन ५२ जना संक्रमित डिस्चार्ज भएसँगै निको हुनेको कुल सङ्ख्या १२ सय ७४ पुगेको हेल्थ अस्स्टिेन्ट रिजालले बताउनुभयो।

यस्तै जिल्लामा अहिले सक्रिय केशको सङ्ख्या १ सय ७ जना रहेका छन् । धादिङमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १६ पुगेको छ।आजसम्मको तथ्याङ्क अनुसार धादिङमा ५ हजार ९ सय ५० जनाको पीसिआर परिक्षण गरिएको छ, जसमध्ये ५ हजार ७१ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यस्तै जिल्लाको बिभिन्न स्थानबाट स्वाव संकलन गरि परिक्षणको लागि पठाईका मध्ये २४ जनाको कोरोना रिपोर्ट भने आउन बाँकी रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्