थप ९ जनामा संक्रमण, सक्रिय संक्रमित एक सयभन्दा तल

धादिङ,१७ जेठ ।
नेपालमा थप ९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घन्टामा देशभर ३ हजार ४७ कोरोना परीक्षण गर्दा ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनाएको हो ।

जसमा २ हजार ८५ पिसिआर विधिबाट परीक्षण गर्दा ८ र ९ सय ६२ एन्टीजेन परीक्षण गर्दा १ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्ये थप १३ जना स्वस्थ भएका छन् ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६७ हजार ९१ पुगेको छ भने गत २४ घन्टामा कोरोना संक्रमण मृत्यु हुने शुन्य रहेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ९७ रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्