ब्रुसवाङको चेपाङ बस्ती स्थानान्तरणको माग गर्दै मुख्यमन्त्री पाण्डेलाई ध्यानाकर्षण पत्र

धादिङ १७ जेठ
धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर २ ब्रुसवाङको ३६ घरधुरी चेपाङ परिवारले स्थानान्तरणको माग गर्दै मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई ध्यानाकर्षण गराएका छन् ।पटक पटक विभिन्न राजनीतिक दलहरुलाई भन्दा पनि आफ्नो सुनुवाई नभएको भन्दै ब्रुसवाङका चेपाङहरु मुख्यमन्त्री भेट्न हेटाँैडा गएका हुन्।

३६ घरपरिवारलाई प्रती परिवार आवास सहति २ रोपनी जग्गा, खानेपानी, बिजुली वत्ती, स्कुल र सडक भएको ठाउँमा स्थानान्तरण गर्न माग गरीएको छ। स्थानान्तरण नगर्ने हो भने आफुहरुले भनेको जस्तै सुविधा हुनुपर्ने माग गरेका छन्।

प्रत्येक घर परविारमा खानेपानी सहतिको धारा हुनुपर्ने,पोषणयुक्त खानाका व्यवस्थाको लागि उत्पादनमूलक कार्यक्रम सञ्चालन हुनुपर्ने,जनता आवास कार्यक्रमबाट घर निर्माण गरिदिनुपर्ने लगायतको माग गरीएको छ ।

साथै आफुले बुनेकोे डोका, भकारी विक्री गर्नको लागि यातायातका साधन सञ्चालन गर्ने व्यवस्था मलिाउनुपर्ने माग गरेका छन् ।खाद्य अधिकार समुह ब्रुसवाङका संयोजक बृद्धिलाल चेपाङद्वारा हस्ताक्षरीत पत्र आज मुख्यमन्त्री पाण्डेलाई बुझाईएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्