धादिङका थप ३ जनालाई कोरोना संक्रमण

धादिङमा पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार धादिङको नीलकण्ठ नगरपालिका वडा नं ३ का ६४ बर्षिय पुरुष, वडा नं १३ का ३२ बर्षिय पुरुष र बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ की २१ बर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ अस्स्टिेन्ट मिलन रिजालले बताउनुभयो । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार ४ सय ८ पुगेको छ । यसैगरी धादिङका जम्मा संक्रमित मध्ये ८ सय ५५ जनाको धादिङमा स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको र बाँकी ५ सय ५३ जनाको भने जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यस्तै संक्रमितहरुमा सोमबार थप ३ जना संक्रमित डिस्चार्ज भएसँगै निको हुनेको कुल सङ्ख्या १२ सय ७७ पुगेको हेल्थ अस्स्टिेन्ट रिजालले बताउनुभयो।

यस्तै जिल्लामा अहिले सक्रिय केशको सङ्ख्या १ सय ७ जना रहेका छन् । धादिङमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १६ पुगेको छ।आजसम्मको तथ्याङ्क अनुसार धादिङमा ५ हजार ९ सय ५० जनाको पीसिआर परिक्षण गरिएको छ, जसमध्ये ५ हजार ७१ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यस्तै जिल्लाको बिभिन्न स्थानबाट स्वाव संकलन गरि परिक्षणको लागि पठाईका मध्ये २४ जनाको कोरोना रिपोर्ट भने आउन बाँकी रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्