नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १५ सय नाघ्यो

नेपालमा पछिल्लो २४ घण्टामा थप २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै आज देशभर बिभिन्न स्थानमा गरिएको परीक्षणमा थप १४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको संख्या दुई लाख ३३ हजार ४ सय ५२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उल्लेख गरेको छ ।

हिजो आईतबार १२ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । सङ्क्रमितमध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र १ हजार ९ सय ३१ जना डिस्चार्ज भएसँगै दुई लाख १४ हजार ५ सय २१ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

अहिले देशभर १७ हजार ४ सय २३ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ल्याबमा जम्मा ८ हजार ८ नमुना परीक्षण भएको छ।

यससँगै हालसम्म देशभर १७ लाख २७ हजार ८ सय ३६ पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्