४ हजार ८४२ कोरोना परिक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि

धादिङ,१८ जेठ ।
नेपालमा थप १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घन्टामा देशभर ४ हजार ८४२ कोरोना परीक्षण गर्दा १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनाएको हो ।

जसमा ३ हजार ९२९ पिसिआर विधिबाट परीक्षण गर्दा १२ र ९ सय १३ एन्टीजेन परीक्षण गर्दा ३ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्ये थप १५ जना स्वस्थ भएका छन् ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६७ हजार १०२ पुगेको छ भने गत २४ घन्टामा कोरोना संक्रमण मृत्यु हुने शुन्य रहेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ९८ रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्