सिद्धलेकको कार्यपालिका सदस्यमा एमाले र एकीकृत समाजवादीको गठबन्धन विजयी

धादिङ,१९ जेठ ।
धादिङको सिद्धलेक गाउँपालिकाको कार्यपालिका निर्वाचनमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीको गठबन्धन विजयी भएको छ ।

बुधबार गाउँपालिका कार्यालयमा सम्पन्न कार्यपालिकाको निर्वाचनमा एककिृत समाजवादीले एमालेसँग तालमेल गरेसँगै कांग्रेस र माओवादी केन्द्रको गठबन्धन पराजित भएको छ । बैशाख ३० गते भएको स्थानिय तह निर्वाचनमा सत्ता गठबन्धनबाट गाउँपालिका उपाध्यक्ष जितेको एककिृत समाजवादीले कार्यपालिकाका सदस्यको निर्वाचनमा भने एमालेसँग तालमेल गरेको हो ।

६ जना कार्यपालिका सदस्यका लागि बुधबार भएको चुनावमा ४ जना महिला तर्फ एमाले र एकीकृत समाजवादीको गठबन्धनबाट जुना सार्की, भगवती तिवारी, लक्ष्मी थपलिया र प्रेमकुमारी थापामगर विजयी भएका छन् । सार्की, थपलिया, थापामगर एमालेबाट र तिवारी एकीकृत समाजवादीबाट विजयी भएका हुन् ।

विजयी सबैले २०/२० मत ल्याएका थिए भने पराजित हुने खिनमाँया श्रीमल कांग्रेस, राममाया परियार कांग्रेस, सुन्तली विक कांग्रेस र सुक्लाकुमारी आलेमगर माओवादीले १६÷१६ मत मात्रै पाएका थिए ।

यस्तै दलित तथा अल्पसंख्याकमा एमाले र एकीकृत समाजवादीको गठबन्धनबाट दुबै उम्मेदवार एकीकृत समाजवादीका श्याबहादुर घले र रस्मिता माझी विजयी भएका छन् । घलेले २० मत र माझिले १९ मत ल्याएका थिए भने पराजित माओवादीका मिना घलेले १६ मत, कांग्रेसका दिलबहादुर घलेले १७ मत पाएका थिए ।

कार्यपालिकाको निर्वाचनसँगै कांग्रेस माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट पालिका अध्यक्ष बनेका कांग्रेस परशुराम खतिवडा अल्पमतमा परेका छन् । उनी सँग कांग्रेसको दुई वडा अध्यक्ष र माओवादीको दुई वडा अध्यक्ष सहित ५ जना कार्यपालिकामा देखिने छन् ।
यस्तै तीन दलिय गठबन्धनबाट उपाध्यक्षमा विजयी सविता अर्यालसँग आफु समेत एकीकृत समाजवादीको ४ सदस्य र एमालेको ३ वडा अध्यक्ष र निर्वाचित ३ सदस्य गरी १० सहित बहुमत सदस्य रहने छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्