आगामी आ.वको लागि धादिङलाई ४ अर्ब ८२ करोड ८८ लाख बजेट : कुन पालिकालाई कति बजेट ?(विवरण सहित)

धादिङ,१९ जेठ।
आगामी आर्थिक वर्ष २०७९/८० को लागि धादिङ जिल्लाले ४ अर्ब ८२ करोड ८८ लाख बजेट पाउने भएको छ । अर्थ मन्त्रालयले स्थानीय तहलाई दिने अनुदान अन्तरगत समानीकरण, सशर्त, विशेष र समपुर अनुदान शीर्षकमा धादिङ जिल्लालाई कुल ४ अर्ब ८२ करोड ८८ लाख बजेट छुट्याएको हो।

जसमा वित्तीय सशर्त अनुदानतर्फ २ अर्ब ६२ करोड २६ लाख, समानिकरण अनुदानतर्फ १ अर्ब ९४ करोड ८८ लाख, विशेष अनुदान अन्तर्गत ११ करोड ९४ लाख र समपुरक अनुदान अन्तर्गत १३ करोड ८० लाख रहेको छ । कुल बजेटमा चालुतर्फ ४ अर्ब ४५ करोड ३४ लाख र पुँजीगत तर्फ ३७ करोड ५४ लाख छुट्याइएको छ ।

धादिङ जिल्लाको १३ वटा स्थानिय तहहरुमध्ये सबैभन्दा वढि बजेट निलकण्ठ नगरपालिकाले ७० करोड ७८ लाख बजेट पाएको छ भने सवैभन्दा कम रुबिभ्याली गाउँपालिकाले १८ करोड ४८ लाख पाएको छ । गाउँपालिकामध्ये सबैभन्दा बढी बजेट बेनीघाट रोराङ गाउँपालिकाले ४५ करोड ९९ लाख पाएको छ ।

यस्तै धुनीवेशी नगरपालिकाले ३९ करोड ८२ लाख, थाक्रे गाउँपालिकाले ४१ करोड ९६ लाख, गल्छी गाउँपालिकाले ३६ करोड ३६ लाख, गजुरी गाउँपालिकाले ३४ करोड ८ लाख पाएको छ ।

यसैगरी सिद्धलेक गाउँपालिकाले ३५ करोड ५७ लाख, ज्वालामूखी गाउँपालिकाले ३६ करोड १५ लाख, त्रिपुरासुन्दरी गाउँपालिकाले ३९ करोड ४२ लाख, नेत्रावती डबजोङ गाउँपालिकाले २४ करोेड ८१ लाख र खनियावास गाउँपालिकाले २२ करोड ४९ लाख पाउदाँ गंगाजमुना गाउँपालिकाले ३६ करोड ९७ लाख पाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्