धुनिवेशी र थाक्रेका २५ जना कृषकहरुलाई च्याउ खेती सम्बन्धि तालिम

धादिङ,१९ जेठ ।
थाक्रेमा च्याउ खेती सम्बन्धी कृषक तालिम तालिम सम्पन्न भएको छ ।

प्रजनन पिँढि विज कोया श्रोत केन्द्र धुनिवेशीको आयोजनामा थाक्रे ९ स्थित आधारशिला सामाजिक उधमि महिला कृषि सहकारीको हलमा धुनिवेशी र थाक्रेका २५ जना कृषकहरुको दिईएको ३ दिने च्याउ खेती सम्बन्धि तालिम बिहिबार सम्पन्न भएको हो।

बरिष्ठ बालि संरक्षण अधिकृत सुधिर पौडेल, अधिकृत जयराम अधिकारी, प्राविधिक राजेन्द्र रुपाखेती र गौरी कार्कीले सहजिकरण गर्नुभएको तालिममा सहभागीहरुलाई कन्या, सिताके र गोव्रे च्याउ खेती गर्ने तरिकाको सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराईको थियो । साथै सहभागीलाई बिउ तथा च्याउ खेती सम्बन्धि पुस्तक वितरण पनि गरिएको तालिम संयोजक राजेन्द्र रुपाखेतीले जानकारी दिनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्