फोहोर व्यवस्थापनमा चिन्ता !(सम्पादकीय)

धादिङ,२१ जेठ ।
स्थानीय तहको निर्वाचन सम्पन्न भए लगतैदेखी नयाँ जनप्रतिनिधिहरुले नयाँ तरिकाले काम गरुन् र जनताले दिएको मतको कदर हुने गरी काम गरुन् भन्ने आम नागरिकहरुको अपेक्षा छ, तर अहिले निर्वाचित जनप्रतिनिधिहरुले नागरिकको त्यस प्रकारको अपेक्षाहरु पुरा गर्न सक्छन् कि सक्दैनन् त्यो हाल अन्य नागरिकहरुलाई भन्दा पनि स्वयम् निर्वाचितहरुलाई चिन्ताको विषय हो ।

नागरिकको मतबाट निर्वाचित जनप्रतिनिधिहरु जनताको मतको कदरकै लागि भन्दै गत निर्वाचन पछि भन्दा पनि यस पटकको निर्वाचन पछि अधिक चिन्तित भएको पाइएको छ ।

किनभने यस अघिका निर्वाचनहरुमा जनताले ल बाहेकका उम्मेद्वारलाई निर्वाचित गराएका थिएनन् यस पटक भने देशकै सबैभन्दा ठूलो महानगरपालिका काठमाण्डौ महानगरपालिका सहितका राष्ट्रिय महत्व राख्ने शहरहरुमा उपमहानगरपालिकाहरुमा समेत स्वतन्त्र रुपमा उठेका उम्मेद्वारहरुलाई विजय गराईदिएका छन् ।

यसकारण स्वतन्त्र निर्वाचित मेयरहरुलार्य जनताको पक्षमा कसरी विकासका कामहरु गर्ने भन्ने चिन्ता छ भने दलहरुबाट निर्वाचितहरुलाई पनि आगामी निर्वाचनहरुमा पनि यसैगरी स्वतन्त्र उम्मेद्वारहरुको पक्षमा जनमत आउने चिन्ताका कारण विगतलाई विर्सने र आगामी दिनलाई आफु निकट राजनीतिक दलको अनुकुल कसरी बनाउने भन्ने चिन्ता छ । दलबाट निर्वाचित होस् वा स्वतन्त्र रुपमा निर्वाचित हुन्, उनीहरुलाई यस प्रकारको चिन्ता र चासो लाग्नु स्वभाविक पनि हो ।

यतिखेर धरानमा निर्वाचित स्वतन्त्र मेयरले खानेपानीको विषयलाई पहिलो नम्बरमा प्राथमिकीकरण गरेर काम सुरु गरिसकेका छन् भने काठमाण्डौ महानगरपालिकामा निर्वाचित मेयर बालेन्द्रले काठमाण्डौको फोहोर व्यवस्थापनको विषयलाई पहिलो प्राथमिकतामा राखेर आफ्ना गतिविधिहरु अगाडि बढाइरहेका छन् ।

काठमाण्डौ महानगरपालिका देशकै राजधानी भएका कारण यो विश्वका आम नागरिकहरुले हेर्ने, घुम्ने र वास्तविक परिवर्तनको महसुस् गर्ने केन्द्रको रुपमा पनि चिनिन्छ यसकारण पनि काठमाण्डौ शहरलाई कसले जस लिने गरी विकसित र सम्वृद्ध बनाउने हो भन्ने जस्ता विषयलाई पनि यस पटकका राजनीतिक दलहरु लागिरहेका छन् ।

धेरै वर्षदेखीको राजनीतिक वा अन्य कारण पनि केन्द्रमा परेको राजधानीलाई विकासको मुल फुटाउने कुरामा आम मानिसहरु सहमत भए पनि को बाट यसको सुरुवात होला ? त्यो भने हेर्न बाँकी नै छ । अहिले काठमाण्डौको चोक चोकमा फोहोरको डुंगुर भएको शहरको शोभा नै घटाएको छ ।

काठमाण्डौबासीले निर्वाचित गराए लगतै धादिङको बन्चरेडाँडामा निर्माण गरिएको ल्याण्डफिल क्षेत्रको स्थलगत अबलोकन गरी फर्किएका मेयर बालेन शाहले केही दिनमै काठमाण्डौमा होटल संचालक तथा अन्य सरोकारवालाहरु संग समेत छलफल गरी फोहोर व्यवस्थापन लगायतका काममा आफु नेतृत्वमा रहेको महानगरपालिकाले काम गर्ने बताएका थिए ।

प्राविधिक क्षेत्रबाट राजनीतक यात्रा सुरु गरेको शाहले आफु प्राविधिक मान्छे भएपनि सबै क्षेत्रको विकासका लागि काम गर्न लागेको बताउदै केही वर्षमा काठमाण्डौलाई सुन्दर शहरको रुपमा विकास गर्ने बताएका छन् । आफ्नो कार्यकालको पहिलो बैठकको प्रत्यक्ष प्रशारण समेत गरेका उनले गरे । उनले परम्परागत रुपमा भैरहेका केही मात्रै विषयमा हेरफेर गर्दा समेत उनी वाहि वाहि भएका छन् यो आम राजनीतिक दलहरुका कारण पनि पैदा भएका विषय हुन्।

हुनत उनी अन्यको घेराबन्दीमा पर्ने र असफल हुने सम्भावना पनि उत्तिकै छ । सफलता असफलता एउटा कुरा हो उनले राम्रो कामका लागि गरेको हिम्मतलाई भने हामी आम नागरिकहरुले सम्मान गर्नुपर्छ । बालेनले जस्तै चिन्ता सबैले गरिदिने हो भने सुन्दर काठमाण्डौ हुन कुनै धेरै दिन कुर्नु पर्दैन यसर्थ सबैले एकपटक हिम्मत गरौं, बालेनके योजनामा हातेमालो गरों र सरसफाईपूर्ण, शुन्दर सहर बनाउनतर्फ लागौं ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्