जिसस धादिङको निर्वाचन जेठ २९ गते : कस्ले मार्ला बाजी ? यस्तो छ,अंक गणित

धादिङ,२३ जेठ
धादिङको जिल्ला समन्वय समितिको निर्वाचन जेठ २९ गते हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञवालीले जिससको निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नुभएको छ ।प्रमुख र उप प्रमुख सहित ९ सदस्यको लागि हुने निर्वाचनमा दलहरु नतिजा आफ्नो पक्षमा पार्नको लागि सक्रिय भएका छन् ।

पुर्व सहमति अनुसार नेकपा माओवादी केन्द्रलाई प्रमुख दिने सहमती भएको थियो ।निर्वाचनमा गठबन्धनको निर्णयहरु कार्यन्वयन नभएको भन्दै काँग्रेसले पनि प्रमुख दावी गरेको छ ।

पूर्व सहमती अनुसार निर्णय कार्यन्वयनमा बिलम्ब हुने भएपछि दलहरु आन्तरिक तयारीमा जुटेका छन् ।जिल्ला समन्वय समितिमा कसैको पनि एकल बहुमत छैन ।

त्यसकारण पनि निर्वाचन रोचक बन्ने आंकलन गरीएको छ ।जिल्ला समन्वयको निर्वाचनका लागि कुनै एकदलको बहुमत छैन तथापी कांग्रेस र माओवादीले प्रमुख पदका लागि कसरत गरि रहेका छन् ।

बहुमतको लागि कांग्रेस र माओवादी नै अन्य दलको भर पर्नुपर्ने हुन्छ । सकेसम्म केन्द्रको निर्णय मानेर जाने अधिकतम प्रयास हुने एक नेताले जानकारी दिनुभयो ।

गठबन्धन बिचको सहमती कार्यन्वय गरेर आपसी छलफलबाटै सहमती खोजीने उहाँले बताउनुभयो । नेपाली काँग्रेसले सात पालिकामा प्रमुख र पाँचमा उपप्रमुख जितेको छ । माओवादी केन्द्रले ३ प्रमुख ५ उपप्रमुख जितेको छ भने नेकपा एसले १ प्रमुख र ३ उप्रमुख जितेको छ । नेकपा एमालेले २ प्रमुख जितेको छ ।

जिल्लामा प्रमुख र उपप्रमुख गरी १४ पु¥याउँदा समन्वय समिति एकलौटी बन्छ । तर, कुनैपनि पार्टीको एकलौटी १४ जना प्रमुख र उपप्रमुख पुग्दैन ।

जिल्ला समन्वय समिति बनाउनका लागि नेपाली काँग्रेस कुनै एक दल सँग मिल्दा बहुमत पुग्छ भने अन्यलाई बहुमत पु¥याउनको लागि तीन दल मिल्नुपर्ने अवस्था रहेको छ ।यसअघी पनि जिल्लामा सहमती जुटाउनको लागि प्रदेश र केन्द्रले निर्देशन नै दिएको थियो।

यस्तो छ निर्वाचन कार्यतालिका
१. मतदाता नामावली प्रकाशन : २०७९ जेठ २७, बिहान ७ः०० बजे
२. अन्तिम मतदाता नामावली प्रकाशन : २०७९ जेठ २७, दिनको १ः०० बजे– २ः०० बजेसम्म
३. उम्मेदवारी मनोनयन दर्ता : २०७९ जेठ २७, दिनको २ः०० बजे– ४ः०० बजेसम्म
४. उम्मेदवारको अन्तिम नामावली प्रकाशन : २०७९ जेठ २८, दिनको २ः४५ बजे– ३ः०० बजेसम्म
५. मतदान : २०७९ जेठ २९, दिनको ११ः०० बजे– १ः०० बजेसम्म

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्