धादिङमा शनिबार आठ संक्रमित थपिए

धादिङमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार धादिङको नोवती डवजोङ गाउँपालिका वडा नं ५ का २३, ३२, ४०, ४७ र ६२ बर्षिय पुरुष र ३० बर्षिया महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ अस्स्टिेन्ट मिलन रिजालले बताउनुभयो । यस्तै थाक्रे गाउँपालिका वडा नं ११ का ४० बर्षिय पुरुष र धुनीबेशी नगरपालिका वडा नं ९ का ४१ बर्षिय पुरुषमा समेत संक्रमण पुष्टि भएको रिजालले बताउनुभयो । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार ४ सय ४८ पुगेको छ ।
यसैगरी धादिङका जम्मा संक्रमित मध्ये ८ सय ७४ जनाको धादिङमा स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको र बाँकी ५ सय ७४ जनाको भने जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यस्तै संक्रमितहरुमा निको हुनेको कुल सङ्ख्या १२ सय ८४ पुगेको हेल्थ अस्स्टिेन्ट रिजालले बताउनुभयो ।

यस्तै जिल्लामा अहिले सक्रिय केशको सङ्ख्या १ सय ४० जना रहेका छन् । धादिङमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १६ पुगेको छ । आजसम्मको तथ्याङ्क अनुसार धादिङमा ५ हजार ९ सय ९९ जनाको पीसिआर परिक्षण गरिएको छ, जसमध्ये ५ हजार एक सय जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यस्तै जिल्लाको बिभिन्न स्थानबाट स्वाव संकलन गरि परिक्षणको लागि पठाईका मध्ये २५ जनाको कोरोना रिपोर्ट भने आउन बाँकी रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्