देशभर कोरोना संक्रमितको संख्या दुई लाख ४० हजार नजिक

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको संख्या दुई लाख ३९ हजार ८ सय ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उल्लेख गरेको छ ।

हिजो शुक्रबार १२ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । सङ्क्रमितमध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र २ हजार २ सय ६ जना डिस्चार्ज भएसँगै दुई लाख २४ हजार ५३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

यस्तै संक्रमणबाट थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अहिले देशभर १४ हजार २ सय ५५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा ६ हजार ७४ पिसिआर परीक्षण भएको छ। हालसम्म पिसिआर परीक्षणको संख्या १७ लाख ७८ हजार २४ पुगेको पनि मन्त्रालयले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्