१२ कक्षाका कोरोना संक्रमित विद्यार्थीको विवरण तत्काल बुझाउनुपर्ने

कोभिड–१९ संक्रमणका कारण कक्षा १२ को परीक्षा रोकिएका विद्यार्थीहरुको आवश्यक विवरण सहितको कागजात यहि मंसीर मसान्तभित्र बुझाउनु पर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एक सूचना जारी गर्दै २०७७ कार्तिक २४ देखि मंसिर १६ गतेभित्र संक्रमित भएको विद्यार्थीहरुले सरकारबाट मान्यता प्राप्त प्रयोगशालाबाट लिईएको कोभिड १९ पोजिटिभ रिपोर्ट मंसिर २६ गतेभित्र सम्बन्धित विद्यालयमा पेश गर्न आग्रह गरेको छ । 

त्यस्तै सम्बन्धित विद्यालयहरुले संक्रमित बिद्यार्थीको नाम, रजिष्ट्रेशन नम्बर, सिम्बोल नम्बर, परिक्षा दिने बिषय एवम कोभिड १९ भएको पोजिटिभ रिपोर्ट, प्रधानाध्यापकले प्रमाणित गरेको छायाँप्रति सहितको विवरण मंसिर मसान्तभित्रमा बुझाइसक्नु पर्ने बोर्डले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्