धादिङमा संक्रमितको सङ्ख्या चौध सय ६६ पुग्यो,

धादिङमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार बेनिघाट रोराङ गाउँपालिका वडा नं वडा नं ७ का ४० बर्षिय पुरुष, ३७, ३७ बर्षिया महिला, वडा नं ९ का ५२ बर्षिय पुरुष, सिद्धलेक गाउँपालिका वडा नं ५ का ३५ बर्षिय पुरुष र धुनीबेशी नगरपालिका वडा नं ६ का २८ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ अस्स्टिेन्ट मिलन रिजालले बताउनुभयो । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार ४ सय ६६ पुगेको छ।

यसैगरी धादिङका जम्मा संक्रमित मध्ये ८ सय ८३ जनाको धादिङमा स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको र बाँकी ५ सय ८३ जनाको भने जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यस्तै संक्रमितहरुमा निको हुनेको कुल सङ्ख्या १३ सय १ पुगेको हेल्थ अस्स्टिेन्ट रिजालले बताउनुभयो । यस्तै जिल्लामा अहिले सक्रिय केशको सङ्ख्या १ सय ४१ जना रहेका छन् । धादिङमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १६ पुगेको छ । आजसम्मको तथ्याङ्क अनुसार धादिङमा ६ हजार २७ जनाको पीसिआर परिक्षण गरिएको छ, जसमध्ये ५ हजार एक सय ४४ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्