जिसस धादिङमा गठबन्धनको भागबण्डा : माओवादीले प्रमुख, समाजवादी उपप्रमुख र कांग्रेसले ७ सदस्य पाउने

धादिङ,२५ जेठ ।
जेठ २९ गते हुने जिल्ला समन्वय समिति धादिङको निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरुले भागबण्डा टुंग्याएका छन् ।

बुधबार नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारीको अध्यक्ष्यतामा बसेको सत्तारुढ गठबन्धनका दलहरुको बैठकले भागबण्डा टुंग्याएका हुन् ।

बैठकले जिल्ला समन्वय समिति धादिङको प्रमुखमा माओवादी केन्द्र, उपप्रमुखमा नेकपा एकीकृत समाजवादी र नेपाली काँग्रेसको तर्फबाट सात जना सदस्य उम्मेदवार उठाउने निर्णय गरेको छ ।

बैठकमा काँग्रेसबाट दिलमान पाख्रिन, रमेश धमाला, हरि अधिकारी, भिमप्रसाद ढुङ्गाना, विश्व अर्याल, माओवादीबाट शालिकराम जमकट्टेल, बिजय बुर्लाकोटी, मनराज भण्डारी, दिपक लामिछाने र समाजबादीबाट गुरु प्रसाद बुर्लाकोटी, सुवास खतिवडा र कुलमान वि.कको उपस्थिती रहेको थियो ।

जिल्ला समन्वय समितिमा कसैको पनि एकल बहुमत छैन । २ नगरपालिका र ११ गाउँपालिका रहेको धादिङमा नेपाली काँग्रेसले सात पालिकामा प्रमुख र पाँचमा उपप्रमुख जितेको छ ।

माओवादी केन्द्रले ३ प्रमुख ५ उपप्रमुख जितेको छ भने नेकपा एसले १ प्रमुख र ३ उप्रमुख जितेको छ । नेकपा एमालेले २ प्रमुख जितेको छ ।जिल्लामा प्रमुख र उपप्रमुख गरी १४ पु¥याउँदा समन्वय समिति एकलौटी बन्छ । तर, कुनैपनि पार्टीको एकलौटी १४ जना प्रमुख र उपप्रमुख पुग्दैन ।

धादिङमा समन्वय समितिको निर्वाचन जेठ २९ गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञवालीले प्रमुख र उप प्रमुख सहित ९ सदस्यको लागि हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नुभएको छ ।

यस्तो छ निर्वाचन कार्यतालिका
१. मतदाता नामावली प्रकाशन : २०७९ जेठ २७, बिहान ७ः०० बजे
२. अन्तिम मतदाता नामावली प्रकाशन : २०७९ जेठ २७, दिनको १ः०० बजे– २ः०० बजेसम्म
३. उम्मेदवारी मनोनयन दर्ता : २०७९ जेठ २७, दिनको २ः०० बजे– ४ः०० बजेसम्म
४. उम्मेदवारको अन्तिम नामावली प्रकाशन : २०७९ जेठ २८, दिनको २ः४५ बजे– ३ः०० बजेसम्म
५. मतदान : २०७९ जेठ २९, दिनको ११ः०० बजे– १ः०० बजेसम्म

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्