थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि

धादिङ,२५ जेठ ।
गत २४ घन्टामा देशभर थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

देशभर आज ३ हजार ४९ कोरोना परीक्षण गर्दा १६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा २ हजार १ सय २१ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १० जना र ९ सय १९ एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप ८ जना स्वस्थ भएका छन् । जबकी गत २४ घन्टामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ ।

यस्तै गत २४ घन्टामा देशभर १ लाख १६ हजार ३ सय ८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ९ रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्