चितवनमा नयाँ प्रजातिको चरा भेटिएसँगै नेपालमा चराको प्रजाति सङ्ख्या ८९१ पुग्यो

धादिङ,२५ जेठ ।
नेपालमा चराको प्रजाति सङ्ख्या ८ सय ९१ पुगेको छ । चितवनमा नयाँ प्रजातिको चरा भेटिएसँगै नेपालमा चराको प्रजाति सङ्ख्या ८९१ पुगेको नेपाल पंक्षिविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीले बताउनुभयो।

चितवनको खैरहनी नगरपालिका–११ पिडहनी क्षेत्रमा धानबारीमा नयाँ प्रजातिको चरा भेटिएको हो । ६ दिनअघि वर्ड एजुकेशन सोसाइटी सौराहाका सदस्य राजु तामाङले सो चराको तस्वीर लिनुभएको थियो ।

नयाँ चरा भेटिएपछि चराविज्ञ डा. हेमसागर बरालसहितको विज्ञ समूहले हिजो थप अध्ययन गरेको थियो । विज्ञहरूले उक्त चरा चाइनिज पोण्ड हेरोन भएको बताएका छन् ।

यो चरा चीन, भारत, हङ्कङलगायत देशमा पाइन्छ । फिरन्तेका रूपमा यो चरा यहाँ आएको हुनसक्ने अनुमान गरिएको छ । यो चरा लजालु स्वभावको भएको बिडारी बताउनुहुन्छ । चितवनमा मात्रै ६ सय ५० प्रजातिका चरा रहेको पाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्