धादिङमा बुधबार थपिए नौ संक्रमित

धादिङमा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार गल्छी गाउँपालिका वडा नं ४ का ९५ बर्षिय पुरुष, २६ बर्षिया महिला, वडा नं  ६ की ४२ बर्षिया महिला र वडा नं ७ का २४ बर्षिय पुरुष रहेका छन् ।  यस्तै नीलकण्ठ नगरपालिका वडा नं ३ की ४४ बर्षिया महिला, वडा नं ११ का ५३ बर्षिय पुरुष, धुनीबेशी नगरपालिका वडा नं २ का ८२ बर्षिय पुरुष, नेत्रावती डवजोङ गाउँपालिका वडा नं ४ का ४५ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ अस्स्टिेन्ट मिलन रिजालले बताउनुभयो । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार ४ सय ७५ पुगेको छ ।

यसैगरी धादिङका जम्मा संक्रमित मध्ये ८ सय ८५ जनाको धादिङमा स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको र बाँकी ५ सय ९० जनाको भने जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यस्तै संक्रमितहरुमा निको हुनेको कुल सङ्ख्या १३ सय १ पुगेको हेल्थ अस्स्टिेन्ट रिजालले बताउनुभयो ।

यस्तै जिल्लामा अहिले सक्रिय केशको सङ्ख्या १ सय ४९ जना रहेका छन् । संक्रमणबाट बुधबार गंगाजमुना गाउँपालिका वडा नं ४ का ८३ बर्षिय पुरुषको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १७ पुगेको छ । आजसम्मको तथ्याङ्क अनुसार धादिङमा ६ हजार ३५ जनाको पीसिआर परिक्षण गरिएको छ,जसमध्ये ५ हजार एक सय ५० जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्