थप १७ जनामा कोरोना संक्रमण पुष्टि,सक्रिय संक्रमित १०९ जना बाँकी

धादिङ,२७ जेठ ।

पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९१५ जनाको पीसीआर परीक्षणमा ७ जना र १ हजार १५५ जनाको एन्टीजेन परीक्षणमा १० जना गरी १७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ७ जना निको भएका छन् भने हाल देशभर १०९ जना सक्रिय सङ्क्रमित रहेका छन् । आज नेपालका नया कोरोना सङ्क्रमित थपिएसँगै सङ्क्रमितको कुल सङ्ख्या ११ लाख १९ हजार ५६४ पुगेको छ ।

योसँगै नेपालमा मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार १८१ जना सङ्क्रमणमुक्त भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्