जिसस धादिङको सबै पदमा गठबन्धनका उम्मेदवार निर्विरोध,घोषणा २९ गते

धादिङ,२७ जेठ ।
जिल्ला समन्वय समिति (जिसस) धादिङको सबै पदमा सत्ता गठबन्धनका उम्मेदवार निर्विरोध चयन भएका छन् ।

जिससको अध्यक्ष, उपाध्यक्ष र ७ जना सदस्य गरी ९ पदमा एक÷एक जना सत्ता गठबन्धनबाट मात्रै उम्मेदवारी परेसँगै सबै पदमा निर्विरोध भएका हुन् ।

सत्ता गठबन्धन दलहरु कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले मिलेर साझा उम्मेदवारी दिए भने एमाले उम्मेदवारी नदिएपछि सबै जना निर्विरोध भएका हुन् ।

अध्यक्षमा माओवादी केन्द्रबाट नवराज अधिकारी, उपाध्यक्षमा एकीकृत समाजवादीका कुलमान विश्वकर्मा र सदस्यहरुमा कांग्रेसबाट ७ जना सुकमाया सुनार, कविता विक परियार, बिन्दा विक, उत्तम घले, रविन्द्रजंग तामाङ, रामप्रसाद रिजाल, ईश्वर केसीले मात्रै उम्मेदवारी दिएपछि सबै जना निर्विरोध निर्वाचित भएका हुन् । निर्विरोध निर्वाचित भएपनि घोषणा भने निर्वाचन कार्यलदयले मतदानको लागि तोकेको दिन जेष्ठ २९ गते गर्ने बताईएको छ ।

जिल्ला समन्वय समितिमा कसैको पनि एकल बहुमत छैन । २ नगरपालिका र ११ गाउँपालिका रहेको धादिङमा नेपाली काँग्रेसले सात पालिकामा प्रमुख र पाँचमा उपप्रमुख जितेको छ ।

माओवादी केन्द्रले ३ प्रमुख ५ उपप्रमुख जितेको छ भने नेकपा एसले १ प्रमुख र ३ उप्रमुख जितेको छ । नेकपा एमालेले २ प्रमुख जितेको छ । जिल्लामा प्रमुख र उपप्रमुख गरी १४ पु¥याउँदा समन्वय समिति एकलौटी बन्छ । तर, कुनैपनि पार्टीको एकलौटी १४ जना प्रमुख र उपप्रमुख पुग्दैन । बुधबार मात्रै सत्ता गठबन्धनका दलहरुले भागबण्डा टुंग्याएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्