देशभर कोरोना संक्रमितको संख्या दुई लाख ५१ हजार नजिक

नेपालमा पछिल्लो २४ घण्टामा थप सात सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको संख्या दुई लाख ५० हजार ९ सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उल्लेख गरेको छ ।

हिजो मंगलबार नौ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । सङ्क्रमित मध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र ८  सय ४७ जना डिस्चार्ज भएसँगै दुई लाख ३९ हजार ४ सय १६ जना संक्रमित निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १३ संक्रमितको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेहरूको कुल संख्या १७ सय ४३ पुगेको छ ।

अहिले देशभर ९ हजार ७ सय ५७ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ५५ जनाको पिसिआर परीक्षण भएको छ । नेपालमा हालसम्म १८ लाख ४९ हजार १ सय ३६ जनाको पिसिआर परीक्षण भएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्