बिना सिप र सुचनामा विदेश जादाँ ठगीने क्रम बढ्यो : प्रजिअ पौडेल

बिना सुचना र सिप बैदेशिक रोजगारमा जाँदा ठगीमा पर्ने जोखीम बढी हुने प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले बताउनु भएको छ । लहैलहैमा विदेश जाँदा नेपाली कामदारले दुख पाउने गरेको भन्दै पाडेलले कानुनी प्रक्रिया पुरा गरेर मात्र विदेश जानको लागि आह्वान गर्नुभएको छ । २१ औँ अन्तराष्ट्रिय कामदार दिवसको अवसरमा आयोजित रेडियो अन्तरसंवाद कार्यक्रममा बोल्दै उहाँले अबैधानिक तरिकाबाट विदेश नजानको लागि पनि आग्रह गर्नुभएको छ ।

यसैगरी नीलकण्ठ नगरपालिकाका उप–मेयर मनराज भण्डारीले नीलकण्ठ नगरपालिकाले पनि युवा लक्षित कार्यक्रमहरु सन्चालन गरीरहेको भन्दै गाउँमै स्वरोजगार बन्नको लागि पनि आग्रह गर्नुभएको छ । बैदशिक रोजगारमा जानुपुर्व नीलकण्ठ नगरपालिकाले सन्चालन गरीरहेको सामी परियोजनामा बुझ्न आग्रह गर्दै उहाँले अबैधानिक तरिकाबाट बैदशिक यात्रा तय गर्नको लागि पनि आग्रह गर्नुभएको छ । 

बैदेशिक रोजगारको क्रममा ठगीका घट्नाहरु बढीरहेको भन्दै भण्डारीले आवश्यक सहि सुचना लिएर मात्र बैदशिक रोजगारको यात्रा तय गर्नको लागि अपिल गर्नुभएको छ । यसैगरी कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका ईस्पेक्टर जयन्ती थापाले बैदेशिक रोजगारको क्रममा भएको ठगीमा प्रहरी गम्भीर भएर काम गर्ने बताउनु भएको छ ।

यसैगरी स्रक्षित आप्रवास सामि परियोजनाका कार्यक्रम संयोजक दिनेश दुवाडीले बैदेशिक रोजगार जानुपुर्व एक पटक आप्रवासी श्रोत केन्द्रमा पसेर मात्र जानको लागि आग्रह गर्नुभएको छ । बैदेशिक रोजगारको ठगीमा प्रमाण नहुँदा  कानुनी उपचारमा समस्या भईरहेको भन्दै पैसा दिनुपुर्व अनिवार्य रसिद वा भरपाई गर्नको लागि पनि आग्रह गर्नुभएको छ ।

 सन् १९९० डिसेम्बर १८ तारिखमा आप्रवासीहरुको अधिकार संरक्षण सम्बन्धी राष्ट्रसंघीय महासन्धि अनुमोदन गरिएको सम्झनामा सन २००० देखि दिवस मनाउन थालिएको हो । अन्तराष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर शुक्रबार रेडियो अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । सुरक्षित आप्रवासन सामी परियोजनाले धादिङको नीलकण्ठ नगरपालिका,धुनिवेशी नगरपालिका, गंगाजमुना गाउँपालिका र थाक्रे गाउँपालिकामा न्याय, सिप, मनोपरामर्श सेवा, वित्तिय साक्षरता कक्षा सन्चालन गरीरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्