कर्ण मगरको नेतृत्वमा सिद्धलेकको हात्तिसुँढाबाट ५० जना नेकपामा प्रवेश

धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ७ हात्तिसुँढाबाट नेपाली काँग्रेस परित्याग गरेर ५० जना नेकपामा प्रवेश गरेका छन् । शनिवार एक कार्यक्रमका बीच कर्ण मगरको नेतृत्वमा ५० जना युवाहरु नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गरेका हुन । 

सिद्धलेक गाउँपालिका वडा नम्बर ७ का वडा कमिटि अध्यक्ष टंकलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको पार्टी प्रवेश कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमला शर्मा, वडा नम्बर ७ का वडा अध्यक्ष लक्ष्मण खतिवडा लगायत वडा सदस्यहरुको आतिथ्य रहेको थियो ।

नव प्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रेमनाथ सिलवालले टिका र खादा ओढाएर पार्टी प्रवेश गराउनु भएको थियो । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुदै सिलवालले सिद्धलेक गाउँपालिकाको विकासको लागि आफु प्रतिबद्ध रहेको भन्दै आफ्नो पालमा महशुस हुने गरी विकास भएको समेत बताउनुभयो ।

खानेपानी,सडक,भौतिक संरचना निमार्ण,कृषि,स्वास्थ्य तथा शिक्षामा धेरै सुधार भएको भन्दै उहाँले अबको एक बर्षमा पालिकाका जनताहरुले महशुस हुने गरी विकास हुने बताउनुभयो । नवप्रवेशीहरुले गाउँपालिकाका अध्यक्षले गरेको काम प्रति आफुहरु प्रभावित भएर प्रवेश गरेको बताउनुभएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्