बोलेरो र मोटरसाईकल ठक्कर खादा दुई जना घाईते

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर २ स्थित ओलीडाँडामा सवारी दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । धादिङबेसी आउदै गरेको बा २ झ ४१८१ नम्बरको बोलेरो र धादिङवेशींबाट धुँवाकोट तर्फ जाँदै गरेको बा ४३ प १७२५ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खादा दुई जना घाईते भएका छन् ।

दुर्घटनामा परी घाईते हुनेमा ३० बर्षिय कृष्ण परियार र नीलकण्ठ नगरपालिका वडा नम्बर १४ का चालक सनबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । घाईतेहरुलाई हेलिकप्टरबाट थप उपचारको लागि काठमाण्डौँ लगिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्