फोहोर व्यवस्थापनमा जोड देउ ! (सम्पादकीय)

धादिङ,३१ जेठ ।
सहरी विकास मन्त्रालयले आगामी असारबाटै फोहोर विसर्जन गर्ने गरी बञ्चरे डाँडामा दीर्घकालीन फोहोर सङ्कलन केन्द्र निर्माणको काम तीव्ररुपमा अघि बढाएको छ ।

अहिले निर्माण कार्यअन्तर्गत माटो मिलाउने र ड्याम निर्माणको काम सम्पन्न गरी फोहोर जम्मा गर्ने कार्य समेत संचालन भैसकेको छ तर, स्थानीयहरुको विरोधका कारण सोचे अनुरुपको काममा प्रगति हुन भने सकेको छैन । सामाजिक संजालमार्फत केही स्थानीयहरुले विरोध जनाइरहेको देख्न सकिन्छ ।

मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीका अनुसार वर्षातको समयमा काठमाडौँ उपत्यकामा बढी फोहर थुप्रने गर्दछ त्यसैले सबै फोहर विसर्जन गर्न नसके पनि असारबाट केही फोहर राख्न सकिने गरी निर्माणको काम भइरहेको छ ।

उनले भने, “पूर्णरूपमा काम सम्पन्न हुन तीन वर्ष लाग्छ, फोहर राख्ने स्थानको अभाव हुँदा ड्याम निर्माण गर्दै गर्ने र थोरै भए पनि फोहर पनि राख्ने काम गर्ने योजनामा मन्त्रालयले गरेको पाइएको छ ।”

औपचारिकरूपमा निर्माण भने फोहोर जम्मा गर्नेकाम भने सुरु भैरहेको छ । अहिलेसम्म डिजाइन र माटो परीक्षणको कामसँगै क्षेत्र निरीक्षणको काम पनि सकिएको छ । हाल फोहोर व्यवस्थापन भइरहेको स्थान सिसडोलभन्दा दुई किलोमिटर पर निर्माण गर्न लागिएको दीर्घकालीन फोहर विसर्जनस्थलसम्म जान सडक विभागले बाटो निर्माणको काम पनि गरिरहेको छ ।

निर्माणका लागि मन्त्रालयले रु ३८ करोड बजेट छुट्याएको छ । मन्त्रिपरिषद्को गत मङ्सिर १७ गतेको बैठकले दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम शहरी विकास मन्त्रालयलाई दिने निर्णय गरेको थियो । करीब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहर विसर्जनस्थल निर्माण हुने मन्त्रालयले जनाएको छ । राज्यले यति धेरै खर्च गरेर फोहोर संकलन गर्ने कामको योजना बनाइसकेको भए पनि स्थानीयलाई बुझाउन नसक्दा केही समस्या हुने पूर्वानुमान समेत गरिएको छ ।

मन्त्रालयलाई निर्माणको जिम्मा दिनुअघि उक्त स्थल निर्माणको काम स्थानीय तहले गर्ने कि केन्द्र सरकारले भन्ने विषय अन्योल थियो । निर्णयअनुसार बाँध निर्माणको काम शहरी विकास मन्त्रालयले गर्ने र विजर्सनस्थलसम्म जाने बाटो निर्माणको काम सडक विभागलाई दिइएको छ । तेह्र वर्षदेखि सिसडोलमा काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ ।

उपत्यकाबाट दैनिक करीब एक हजार मेट्रिक टन फोहर निस्कन्छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको समेत काठमाण्डौ महानगरपालिका तथा मन्त्रालयको जानकारीमा छ ।

यता कामपाले वर्षातको समयका लागि सिसडोलकै आसपासमा अल्पकालीन फोहर विसर्जनस्थल तोकेको छ । कामपाको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार वर्षा लागेसँगै फोहरको अनुपातमा वृद्धि हुने भएको र सिसडोलमा फोहर राख्न मिल्ने अवस्था नरहेकाले अन्यत्र स्थानको तय गर्नुपरेको हो ।

काठमाण्डौमा जे जस्तो फोहोरहरु संकलन भैरहेको छ, त्यसको विशिष्टिकृत नहुँदा फोहोर फाल्न कठिनाई हुँदै आएको कुरा वास्तविकता हो । यसकारण आम नागरिकहरु जो जोसले फोहोर संकलन गरी सिसडोल या बन्चरेडाँडा पठाउने तयारीमा छन् उनीहरुले समेत यि र यस्ता विषयमा ध्यान दिन जरुरी छ हाल फोहर विसर्जन गर्ने स्थानभन्दा केही तल भिलेज वान र भिलेज टु मा तय गरिएको भए पनि सरल तरिकाको हल हुने सम्भाावना छैन यसर्थ पुनः एकपटक आम नागरिकहरुले यो विषयमा छलफल गरी हल गर्नुपर्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्