चुरोटका प्रत्येक खिलीमा स्वास्थ्य सावधानी राख्दै क्यानडा सरकार

एजेन्सी

ओटावा, ३१ जेठ । 
क्यानडाको सरकारले चुरोटका हरेक खिलीमा स्वास्थ्य चेतावनीहरू राख्ने प्रस्ताव राखेको छ । धुमपानको कुलतविरुद्ध लड्ने प्रयासस्वरूप उसले यस्तो कदम चालेको हो । सरकारले चाल्न थालेको पछिल्लो उपायले धेरै मानिसहरूलाई सहयोग गर्ने मानसिक स्वास्थ्य मन्त्री क्यारोलिन बेनेटले बताइन् । 

सरकारले ल्याउन लागेको नयाँ कदम युवाप्रति लक्षित छ, जसले जसले प्रायः ‘सामाजिक परिस्थितिहरूमा प्याकेजमा छापिएको जानकारीलाई बेवास्ता गर्दै’ चुरोटमा पहुँच राख्छन् । यस विषयमा शनिबारदेखि ७५ दिने सार्वजनिक वहस कार्यक्रम सुरु हुँदैछ । 

‘खिलिमा नै स्वास्थ्यसम्बन्धी सावधानी सन्देश राख्दा यो मानिसहरूसम्म पुगेको सुनिश्चित हुनेछ,’ मन्त्री बेनेटले भनिन् । सन् २००१ मा चुरोटको प्याकेटमा राखिएको सावधानीसहितको फोटो सरकारले अपेक्षा गरेजस्तो प्रभावकारी नभएको उनले बताइन् ।

सरकारले ल्याउन लागेको नयाँ प्रस्तावको क्यानडाको हर्ट एन्ड स्ट्रोक फाउन्डेसनले स्वागत गरेको छ । ‘क्यानाडामा अब विश्वमा चुरोटका लागि सबैभन्दा बलियो स्वास्थ्य चेतावनी प्रणाली हुनेछ’ फाउन्डेसनका सीईओ डग रोथले भने । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्