धादिङमा शनिबार ४ संक्रमित थपिए

धादिङमा पछिल्लो २४ घण्टामा थप ४ जनामा कोराना संक्रमण पुष्टि भएको छ । शनिबार थपिएका संक्रमितहरु बेनिघाट रोराङ गाउँपालिका वडा नं ७ की ३४ बर्षिया महिला, ४० बर्षिय पुरुष, खनियाबास गाउँपालिका वडा नं ३ का ३९ बर्षिय पुरुष र थाक्रे गाउँपालिका वडा नं ८ का ३३ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ अस्स्टिेन्ट मिलन रिजालले बताउनुभयो । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या भने १ हजार ५ सय ७ पुगेको छ ।

यसैगरी धादिङका जम्मा संक्रमित मध्ये ८ सय ९५ जनाको धादिङमा स्वाव संकलन गरि परिक्षणको लागि पठाईएको र बाँकी ६ सय १२ जनाको भने जिल्ला बाहिर गएर स्वाव परिक्षण गराउँदा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यससँगै जिल्लामा कोरोना संक्रमितहरु मध्ये निको हुनेको कुल सङ्ख्या १३ सय ९९ पुगेको हेल्थ अस्स्टिेन्ट रिजालले बताउनुभयो । 

यस्तै जिल्लामा अहिले सक्रिय केशको सङ्ख्या ८३ जना रहेका छन् । कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १७ पुगेको छ । आजसम्मको तथ्याङ्क अनुसार धादिङमा ६ हजार २ सय जनाको पीसिआर परिक्षण गरिएको छ, जसमध्ये ४ हजार ६ सय ९३ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्