धादिङबेशीमा संसद विघटनविरुद्ध बिरोध प्रर्दशन

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले आज संसद विघटन गरेपछि धादिङ सहित देशभर विरोध भइरहेको छ । आज धादिङबेशीमा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल खेमाका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री र राष्ट्रपतिको कदमको विरोध गरेका हुन् ।  

नेपाल राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य चन्द्र बहादुर सिलवाल मिलनले नेतृत्व गर्नु भएको प्रदर्शनमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर, केपी ओली मुर्दावाद र असंवैधानिक निर्णय खारेज गर, संसद विघटन फिर्ता गर जस्ता नारा लगाइएको थियो । त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि ओलीको विरोधमा उत्रिएका छन् । काँग्रेस कार्यकर्ताले धादिङबेसीमा साँझ मशाल जुलुस प्रदर्शन गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्