अब विद्यालयले नै कक्षा ११ को परीक्षा गर्न पाउने


धादिङ । अबदेखि कक्षा ११ को अन्तिम परीक्षा ९बोर्ड परीक्षा० विद्यालय आफैले गर्न पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले यसै शैक्षिक सत्रदेखि कक्षा ११ को वार्षिक परीक्षा विद्यालय आफैले सञ्चालन गर्न पाउने स्पष्ट गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा।डा।चन्द्रमणि पौडेलले यसै शैक्षिक सत्रबाट कक्षा ११ को वार्षिक परीक्षा बोर्डले नगर्ने र परीक्षा गर्ने अधिकार विद्यालयलाई नै हस्तान्तरण गरेको बताउनु भयो । अध्यक्ष पौडेलका अनुसार अबदेखि कक्षा ११ को पठनपाठन, आन्तरिक परीक्षा, अन्तिम परीक्षा तथा नतिजा प्रकाशन लगायतका सम्पूर्ण जिम्मेवारी विद्यालयलाई नै दिइएको छ ।

बोर्डले कोरोना भाइरस महामारीका कारण गत वर्षको कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम परीक्षा सञ्चालन गर्दा परीक्षा सञ्चालनसम्बन्धी कार्यविधिमार्फत सो अधिकार विद्यालयलाई दिएको थियो । कोरोना भाइरसका कारण बोर्डले राष्ट्रिय स्तरमा एकै पटक परीक्षा सञ्चालन गर्न नसकेपछि कार्यविधिमार्फत उक्त अधिकार विद्यालयलाई दिइएको हो ।

यसवर्षदेखि नेपाल सरकारले कार्यविधि परिवर्तन गरेबाहेक अब बोर्डले कक्षा ११ को परीक्षा सञ्चालन नगर्ने परीक्षा बोर्डले जनाएको छ । यसका साथै कक्षा १२ को परीक्षा भने बोर्डले नै राष्ट्रिय स्तरमा सञ्चालन गर्नेछ । कक्षा ११ उत्तीर्ण भएको आधारमा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने बोर्डले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्