बाल मन्दिर मा.विका २८८ विद्यार्थीको रक्त समूह परिक्षण,शिविर भोलिपनि चल्ने

धादिङ,०२ असार ।
धादिङबेशीमा रहेको बाल मन्दिर माध्यमिक बिद्यालयमा अध्यय्नरत बिद्यार्थीहरुको निशुल्क रक्त समूह परिक्षण गरिएको छ ।

बिहिबार सामाजिक रुपान्तरणको लागि स्थानीय प्रयास नेपाल धादिङको आयोजना तथा बाल मन्दिर माध्यमिक विद्यालय र युवा रेडक्रस सर्कल बाल मन्दिर माविको सह–आयोजनामा भएको शिविरमा बिद्यालयका २८८ विद्यार्थीहरुको रक्त समूह परिक्षण गरिएको सामाजिक रुपान्तरणको लागि स्थानीय प्रयास नेपाल धादिङका महासचिव नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो।

ल्याव टेक्निसियन पवित्रा लम्साल र वुद्व कुमारी तामाङले सहजिकरण गर्नुभएको रक्त समूह परिक्षण शिविरमा नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो । शिविर शुक्रबार पनि चल्नेछ ।

यसअघि विश्व रक्तदाता दिवस २०२२ को अबसरमा निलकण्ठ माध्यमिक विद्यालय, निलकण्ठ बहुमुखी क्यामपस र बाल मन्दिर माध्यमिक विद्यालयमा शिक्षक विद्यार्थीहरुको रक्त समुह परिक्षण गरिएको श्रेष्ठले बताउनुभयो।

नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखा सभापति नारायण प्रसाद तिमल्सिनाले विद्यार्थी परिचय पत्र कार्डमा रक्त समूह समावेश गर्दा विपत्तिको समयमा रगत उपलब्ध गराउन सहज हुने भन्दै यो अभियानलाई निरन्तरता दिन पहल गर्ने बताउनुभएको छ ।

No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्