योजना निर्माणका लागि टोल भेला(सम्पादकीय)

धादिङ,०२ असार ।
यतिबेला स्थानीय तहले नयाँ आर्थिक वर्षको लागि योजना निर्माण गर्ने भन्दै आ–आफ्नो स्थानीय तहका वडाहरुमा योजना निर्मााणका लागी भन्दै टोल भेलाहरु गरिहेरहेको छ । केही स्थानीय तहहरुले टोल भेलाहरु सम्पन्न गरिसकेको र नयाँ आर्थिक वर्षको लागि योजना निर्माणको काम भैरहेको बताएका छन् भने अधिकाँश स्थानीय तहले वडा अध्यक्षको रोहवरमा भेला गर्ने र योजना टिप्ने लगायतका कामहरु गरिरहेका छन्।
यो उनीहरुले टिपोट गरेको अहिलेको योजना आगामी वर्ष लागु हुनेछ भने त्यो असारको १५ गतेभित्र स्थानीय सरकारले गाउँ÷नगरसभा मार्फत अनुमोदन गरी कार्यान्वयनको चरणमा लाग्नेछन् ।
संघीयता पछिको पहिलो पाँच वर्षे कार्यकालको सरकारले पनि अहिले भैरहको जस्तै प्रक्रियागत कामहरु गरेर नै योजना निर्माण गरेको बताए पनि धेरैजसो स्थानीयहरुले आफूहरुको सहभागिता नभएको र योजना निर्माण जस्तो महत्वपूर्ण कुरामा आफुहरुले थाहा नपाएको गुनासो गरेका थिए ।
योजना निर्माणको कुरामा स्थानीय सरकारले स्थानीय तहका नागरिकहरुको उल्लेख्य सहभागिता हुनपर्नेमा यस्तो गुनासो आउनु राम्रो पक्ष होइन यस्ता कुराहरुलाई यो पटक निर्वाचित जनप्रतिनिधिहले ध्यान दिन जरुरी छ ।
स्थानीय नागरिकका कुराहरु सुन्ने योजना निर्माणका लागि आएका लिष्टहरु उपर छलफल गर्ने र कुन–कुन योजनालाई कसरी राख्ने र कस्ता–कस्ता योजनाहरुमा स्थानीय तहको आवश्यकताको आधारमा प्राथमिकीकरण गर्ने भन्ने बारेमा पुन अहिलेका जनप्रतिनिधिहरु गम्भीर बन्न जरुरी छ । अन्यथा पुरानै गुनासा र निराशाका विषयहरु उठ्न सक्छन् जसले जुन …… आएनि भन्ने उखानको चरितार्थ गर्छ ।

पुरनो पाँच वर्षे कार्यकालको अवस्थालाई हेर्ने हो भने सबैजसो स्थानीय तहमा भौतिक पूर्वाधार विकास स्वास्थ्य, शिक्षा लगायतका सिमित क्षेत्रहरुमा अलि धेरै वजेट छुट्ट्याइएको र खर्च गरेको पाइन्छ भने अन्य विषयगत क्षेत्रहरुमा जनप्रतिनिधिहरुको चासो खासै गएको देखिँदैन । यसर्थ नयाँ जनप्रतिनिधिहरुले नयाँ योजना र कामहरु सम्पन्न गर्ने लक्ष्य लिने हो भने अहिले भैरहेको टोल भेलाहरुमा जे र जस्तो प्रकारको योजना माग भएका छन् त्यही योजना भित्रैबाट योजना थुत्ने कामलाई प्रोत्साहित गर्नुपर्दछ ।

यसअघिका समयमा नजिकका मान्छे, आफन्त र पार्टीगत स्वार्थ सिद्ध गर्न पनि केही योजनाहरु खल्तीबाट निकाल्ने काम भैरहेको बताइन्थ्यो त्यसको अन्त्य गर्न जरुरी छ । त्यसका लागि अहिलेको सरकार संचालन गर्ने नेतृत्वप्रति विकास निर्माणमा तिव्र इच्छाशक्ति हुनु जरुरी छ । हिजो जुन जुन पाटीको तर्फबाट उम्मेद्वारी दिएर निर्वाचनको मैदानमा होमिएको भए पनि अहिले हामी सबैको एउटै लक्ष्य गाउँको विकास थियो र सबै नागरिकका मागको सम्बोधन गर्ने पहिलो प्राथमिकता हो भन्ने भावना लिने हो भने पक्कै पनि नयाँ नेतृत्वले आँट गरेको विकास निर्माणमा पाँच वर्ष सम्मकै कार्यकालमा जनताको साथ र सहयोगले निन्तरता पाउन सक्छ, नागरिकहरुबाटै साथ र सहयोग पाउनु भनेको वडाको नेतृत्वले सफलता पाउनु हो र वडा समितिले सफलता पाउनु नै सिंगो गाउँपालिकाको नेतृत्वले सफलता हात पार्नु हो, जुन सफलताबाटै उसले उम्मेद्वारी दिएको दल, निजलाई उम्मेद्वारी दिन र गाउँ विकासको योजना निर्माण गर्न सहजिकरण गर्नेहरुले समेत जस पाउने निश्चित छ यसर्थ सबैले गाउँ विकासको कुरालाई नै पहिलो प्राथमिकतामा राखेर योजना बनाउनेतर्फ सोचौं ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्