नया यात्रामा रवि ?(सम्पादकीय)

धादिङ,०३ असार।
लामो समयदेखी संचारकर्मीको रुपमा क्रियाशील संचारकर्मी रवि लामिछानेले पूर्णकालिन राजनीतिक यात्राको बाटो अंगालेको बताएका छन् । काठमाण्डौ स्थित राष्ट्रिय सभामा बसेर आगामी सात गतेदेखी नै औपचारिक रुपमा छलफल गर्ने र पूर्णकालीन राजनीतिक अभियान सुरुगर्ने उद्घोष गरेका छन् ।

लामो समयसम्म पत्रकारीता क्षेत्रमा क्रियाशील रहँदा आम नागरिकको पक्षमा आफ्ना आवाजहरु निरन्तर उठाएका उनले यतिबेला संचार क्षेत्रमा भएको आफ्नो यात्रा रोक्ने र राजनीतिक यात्राको परिस्थिति आएको र आफ्नो राजनीतिक यात्रा कस्तो हुने भन्ने खाका कोर्न आम नागरिकहरुबाट सल्लाह लिने समेत बताएका छन् । आजसम्म काठमाण्डौबाट निर्वाचित कुनैपनि स्थानीय जनप्रतिनिधिहरु तथा दुवै तहका सांसदहरुले खुला मा वृहत सल्लाह गरेको पाइएको छैन ।

त्यस मानेमा राजनीतिक यात्रा सुरु गरेकाहरुको लागि यो सवल पक्ष हो । राजनीतिक पार्टीको झण्डा बोकेका नेतृत्वप्रति पछिल्लो समय जुन प्रकारको वितृष्णा फैलिएको छ यसले पनि स्वतन्त्र अभियानमा सहभागि भएकाहरुलाई केही फाइदा भएको छ । स्थानीय तहको निर्वाचन पछि काठमाण्डौ महनगरपालिका लगायतका केही स्थानीय तहमा स्वतन्त्र उम्मेद्वारहरुले आफ्नो पक्षमा नतिजा ल्याएपछि पछिलो समय रवि लगातका केही नयाँ अनुहारहरु आकांंक्षीको रुपमा अगागि आएका त हैनन् ?

संचार क्षेत्रमा सफलता हात पारेका रविले राजनीतिकमा पनि सफलता हात पार्लान् त ? अनि उनले भनेको वा उद्घोष गरेको राजनीतिक यात्रा सफलताको विन्दुमा जाला ? आगामी संघीय निर्वाचनमा काठमाण्डौको कुनै निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्न उनले के र कस्ता योजनाहरु बनाए ? त्यो भने केही दिनमा हेर्न पाइनेछ । उनले अहिले जुन प्रकारको आँट र हिम्मत गरेका छन् त्यो चाहीँ प्रशंनीय नै छ ।

आगामी संघीय निर्वाचनमा काठमाण्डौको एउटा क्षेत्र हुँदै संसदको यात्रा गर्ने योजना बनाएका रविले आजसम्म जति मान्छेलाई संचारकर्मीको हैसियतमा सहयोग गरे त्यसकै हिसाव गर्ने हो भने पनि उनले देशभरका नागरिकलाई धेरै भन्दा धेरै गुन लगाएका छन्, उनले यदि आफु सांसद भएपछि पनि अहिलेकै स्पिडमा सेवा भावका साथ काम गर्ने बचनबद्धता गर्ने हो भने काठमाण्डौका मतदाताले विश्वास गर्नुपर्ने ठाउँहरु धेरै नै छन् । उनी काडमाण्डौभित्र रहेको पढेलेखेका शिक्षित व्यक्तिहरुकै जमात भित्र पर्ने खालका नागरिक हुन् भने, सामाजिक काम वा अभियानमा निरन्तर लागिरहेका पनि छन् ।

विकसित देशहरुको यात्रा गरेका देशविदेशका संस्कार संस्कृति जाने बुझेका एउटा युवाका हिसावले पनि उनले केही गर्न सक्छन् कि भन्ने आम नागरिकहरुलाई पर्न सक्छ, त्यसका लागि अहिले उनले राष्ट्रिय सभागृह मार्फत जसरी आफ्नो उम्मेद्वारीको बाटो तय गर्न छलफल गर्दैछन् यस्ता कार्यक्रमहरु धेरै ठाउँमा गर्न जरुरी छ । लामो समयदेखी राजनीतिक यात्रामा रहेकाहरुसंग प्रतिस्पर्धा गर्न उनलाई त्यति सजिलो भने पक्कै छैन। यो विषय रविले बुझेका हुनुपर्छ ।

अहिले देशभर स्वतन्त्र उम्मेद्वार बन्नेहरुको पक्षमा माहोल त बनिसकेको छैन तर, अहिले विजेता स्वतन्त्र तर्फका उम्मेद्वारहरुले जनताको पक्षमा राम्रा केही काम तथा अभ्यासहरु गर्न सके भने पक्की पन उपत्यका तथा ठूला शहरभन्दा बाहिर पनि स्वतन्त्र उम्मेद्वारहरुको पक्षमा माहोल बन्दै जानेमा विश्वास गर्ने आधार धेरै छन् यसर्थ जो जसले जहाँ जहाँ स्वतन्त्रको यात्रा सुरु गरेका छन् सुझ्बुझ्पूर्वक गरुन् राजनीतकि यात्राको शुभकामना !

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्