ट्याक्सी चालकहरु पनि सडकमा,आमहड्तालमा ट्याक्सी जलाइएको विरोध

माघ २२ गते नेकपाको प्रचण्ड–नेपाल पक्षले आह्वान गरेको आमहड्तालका क्रममा अज्ञात समूहबाट ट्याक्सी जलाइएपछि त्यसको विरोधमा चालकहरु आन्दोलित भएका छन् । शनिबार राजधानीका माइतीघर क्षेत्रमा ट्याक्सीसहित प्रदर्शनमा उत्रिएका चालकहरुले पेशागत सुरक्षाको माग गर्दै दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् । 

‘नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज’ को ब्यानरमा भएको विरोध कार्यक्रममा सहभागीहरुले राष्ट्रिय पुँजी लगानी भएको ट्याक्सीको सरक्षण गर्न माग गरेका थिए ।  यस्तै शान्ति सुरक्षा फितलो भएको आरोप लगाउँदै आक्रोश पोखेका उनीहरुले आफूहरुलाई हाल आइपरेका विभिन्न समस्याबारे पनि ध्यानाकर्षक गराएका थिए । 

उनीहरुले टुटल पठाओ जस्ता सेवा बन्द गरिनुपर्ने, ट्याक्सी स्ट्यान्ड र शौचालयको व्यवस्था गरिनुपर्ने, कुनै पनि बहानामा सार्वजनिक सवारी साधन  तोडफोड र आगजनी बन्द गरिनुपर्ने, ट्याक्सी व्यवसायीको लगानी सुरक्षित गर्नुपर्ने, यातायात क्षेत्रमा हुने गरेका गैरकानुनी धन्दा बन्द हुनुपर्ने जस्ता माग समेत गरेका थिए । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्