अबको डेढ महिनामा सबै कोरोना बीमाको भुक्तानी हुन्छ: कार्यकारी निर्देशक पौडेल

काठमाडौं । वीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले अबको डेढ महिनामा कोरोना बीमाको सबै दाबी भुक्तानी हुने बताएका छन् ।  शुक्रबार बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालको पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशक पौडेलले यस्तो बताएका हुन् । 

अहिले कोरोना बीमाको दाबी भुक्तानीको काम फास्ट ट्रयाकबाट भइरहेको जानकारी गराउँदै कार्यकारी निर्देशक पौडेलले अबको डेढ महिनभित्र सबैको दाबी भुक्तानीको राफसाफ फर्स्यौट हुने बताए । सो क्रममा उनले वीमा कम्पनीहरुको वित्तीय विवरणमा एनएफआरएस प्रणाली लागू भइसकेको बताउँदै बीमा समिति अब चाँडै नै रिक्स बेस क्यापिटलमा जान लागेको समेत जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्