नीलकण्ठ नगरपालिकाको बजेट १ अर्ब २२ करोड २३ हजार

धादिङ,०७ असार
धादिङको नीलकण्ठ नगरपालिकाको प्रथम अधिवेशन तथा दोस्रो नगर सभा सम्पन्न भएको छ ।जिल्ला समन्वय समिति धादिङको हलमा सम्पन्न भएको नगरसभाले आर्थिक बर्ष २०७९/०८० का लागि १ अर्ब २२ करोड ९१ लख २३ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।

नगरसभाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र, न्यायिक समिति, लैङ्गिक तथा सामाजिक समावेशीकरण, वातावरण तथा विपद् व्यवस्थापन लगायतका शीर्षकमा बजेट विनियोजन गरेको छ ।

नगरबासीहरुको मागको आधारमा नीति तथा कार्यक्रम ल्याईएको नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानाले बताउनुभयो ।
नगरसभाले नागरिकको जिवन रक्षात्मक कार्यहरुमा जोड दिने, बालमैत्री नगर निमार्ण गर्ने, कृषिमा व्यवसायीकरण, औद्योगिकरण गर्ने,वडा कार्यालय सम्म पुग्ने मोटरबाटो पिच गर्ने, धार्मिक सम्पदाहरु निर्माण गर्ने,सरकारी, सहकारी र नीजि क्षेत्रको सहकार्यमा जोड दिने, आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनाउनुको साथै स्थानीय उत्पादनको प्रयोग तथा अर्गानिक उत्पादनमा जोड दिने, शिक्षा, स्वास्थ्य, स्वच्छ वातावरण जस्ता क्षेत्रमा नगरवासीको सरल पहुँच पु¥याउने,उद्यमशीलताको अभिवृद्धि गरी स्वरोजगार बनाउने तथा उपलब्ध स्रोत र साधनको उच्चतम् प्रयोग गरी रोजगारी उत्पादनमा वृद्धि गरी आर्थिक विकास गर्ने कार्यक्रमहरु समावेश गरीएको छ ।

नगरवासीको प्रेसर, सुगर, ब्लडगु्रप छुट्टाउने, होलबडी चेकअप जस्ता स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिने, स्वास्थ्य स्वंयसेविकालाई प्रोत्साहन भत्ताबापत मासिक एक हजार दिने व्यवस्था मिलाइएको छ ।उपप्रमुख दीपक विश्वकर्माले चालु खर्चतर्फ ७६ करोड ७९ लाख ६ हजार र पूजिगततर्फ ४६ करोड १२ लाख १७ हजार विनियोजन गरेको बताउनुभयो ।

आर्थिक क्षेत्रमा ८ करोड २८ लाख बजेट विनियोजन गरिएको छ । कृषि क्षेत्र प्रवर्द्धनका लागि ५ करोड २९ लाख विनियोजन गरिएको छ । ‘एक वडा एक उत्पादन, उत्पादनमा आधारित अनुदान’ नारासहित प्रत्येक वडामा कृषिजन्य तथा दुग्धजन्य उत्पादनको प्रवर्द्धन कार्यक्रम ल्याइने उपप्रमुख विश्वकर्माले जानकारी दिनुभयो ।उद्योग तथा लघु विकासका लागि १ करोड ४७ लाख छुट्याइएको छ ।

वडा नम्बर ८ मा औद्योगिक ग्राम निर्माण गर्नको लागि बजेट विनियोजन गरीएको छ । कृषि तथा पर्यटन प्रवद्र्धनका लागि १ करोड ३० लाख, सहकारी विकास कार्यक्रम अगाडि बढाउन ३० लाख विनियोजन गरिएको छ । नीलकण्ठ नगरपालिकाको भाषा कला संस्कृति एवम् प्राज्ञिक क्षेत्रको प्रवद्र्धन गर्नको २० लाख विनियोजन गरिएको छ ।

चक्रपथलाई हरिमार्गको रुपमा विकास गर्ने र धादिङबेसी करिडोर सडकलाई आगामी पाँच बर्षमा स्तरबृद्धिका साथ पुर्णता दिनको लागि क्रमागत रुपमा बजेट विनियोजन गरीएको छ ।नगरपालिकामा बहुप्राविधिक शिक्षालय स्थापना गर्न १ करोड ५० लाख विनियोजन गरिएको छ ।सामाजिक विकासतर्फ ५२ करोड ४६ लाख विनियोजन गरिएको छ ।

No description available.
No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्