बागमती प्रदेश स्तरीय बक्तृत्वकलामा धादिङकी समिक्षा अधिकारी दोस्रो

धादिङ,०८ असार ।

बागमती प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगीतामा धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसकी विद्यार्थी समिक्षा अधिकारी दोस्रो भएकी छिन् ।

युवा तथा खेलकुद मन्त्रालय प्रदेश युवा पारिषदको कार्यालय बागमती प्रदेशद्धारा आयोजित प्रदेश स्तरिय युवा प्रतिभा पहिचान कार्यक्रम अन्तरगत “सिर्जनशिलता र उद्यमशिलता प्रर्वद्धन : बागमतीमा युवा सशक्तिकरण” बिषयक बक्तृत्वकला प्रतियोगीतामा धादिङकी अधिकारी दोस्रो भएकी हुन् ।

काठमाण्डौ, भक्तपुर, ललितपुर र धादिङ जिल्लाका प्रतियोगीहरुबाट छनौट हुदै प्रदेशस्तरीय प्रतियोगीतामा सहभागी भएकी अधिकारीले प्रदेशमा दोस्रो स्थान हात पार्दै नगद २५ हजार र प्रमाणपत्र प्राप्त गरेकी छिन् । प्रतियोगितामा भक्तपुर जिल्लाबाट छनोट भएर आएका प्रवेश तिमल्सिना प्रदेश प्रथम भएका छन् ।

प्रतियोगितामा प्रथम, द्धित्तिय, तृत्तिय र सान्तवता हुनेलाई क्रमश नगद रु ३० हजार, २५ हजार, २० हजार र १० हजार नगद सहित प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो । प्रतियोगितामा धादिङ जिल्लाबाट रोशन कोईराला र समिक्षा अधिकारी छनोट भएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्