आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका पदाधिकारीका लागि क्षमता अभिबृद्धि तालिम सुरु

धादिङ ८ असार ।
आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका पदाधिकारीहरुको लागि आयोजित २ दिने क्षमता अभिबृद्धि तथा संगठन विस्तार सम्बन्धी तालिम बुधबारबाट धादिङबेसीमा सुरु भएको छ।सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तरगत आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका पदाधिकारीहरूको लागि कार्य क्षेत्रमा काम गर्दा आवश्यक क्षमता अभिबृद्धि गर्ने उदेश्यले तालिमको आयोजना गरीएको सामी परियोजनाकी लेखा तथा प्रशासन अधिकृत सम्झना भण्डारीले जानकारी दिनुभयो ।

दुई दिने तालिमको पहिलो दिन आज कार्यक्रम अधिकृत कमल बहादुर रोकाय र कार्यक्रम संयोजक दिनेश दुवाडीले आप्रवासी कामदार हकहित संरक्षण केन्द्रको काम कर्तव्य र अधिकार,खोज,उद्धार र ठगीमा कसरी काम गर्ने,स्थानीय तहसँग कसरी काम गर्न,बैदेशिक रोजगारलाई कसरी सुरक्षित,लाभदायी र भरपर्दो बनाउनको लागि केन्द्रको भुमिका,आप्रवासी श्रोत केन्द्रले गर्ने काम र सामी परियोजनाले गर्ने क्षेत्रहरुको बारेमा जानकारी गराउनु भएको थियो ।तालिम भोली सकिने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्