धुनिवेशी नगरपालिकाको बजेट ८८ करोड ५३ लाख २६ हजार

धादिङ,१० असार ।
धादिङको धुनिवेशी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरसभाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि कुल ९२ करोड २८ लाख ११ हजार रुपैयाको बजेट विनियोजन गरेको छ ।

नगरसभाले आगामी आर्थिक बर्षको लागि आर्थिक, सामाजिक, पूर्वाधार, सुशासन तथा अन्र्तरसम्बन्धित क्षेत्र, न्यायिक समिति, लैङ्गिक तथा सामाजिक समावेशीकरण, वातावरण तथा विपद व्यवस्थापन लगायतका शिर्षकमा बजेट विनियोजन गरेको छ ।

जसमा आर्थिक विकास तर्फ रु. ७ करोड ६० लाख ४५ हजार, सामाजिक विकास तर्फ रु. २९ करोड ३७ लाख ४४ हजार, पूर्वाधार विकास तर्फ रु. २९ करोड ८० लाख २५ हजार, कार्यालय तथा प्रशासनिक तर्फ रु. २० करोड १४ लाख ६२ हजार र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ १ करोड ६० लाख ५० हजारको बजेट विनियोजन गरिएको छ ।

नगरसभामा नगरपालिकाका मेयर बालकृष्ण आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने उपमेयर सुरज उप्रेतीले बजेट प्रस्तुत गर्नु भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्