ज्वालामुखी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक : बजेट असार १७ गते

धादिङ,१० असार।
धादिङको ज्वालामुखी गाउँपालिकाले निति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

पालिकाले कृषि तथा पशु, सहकारी नीति उद्यमशीलता प्रवद्र्धन, पर्यटन, सार्वजनिक निजी साझेदारी, सामाजिक विकास लगाएतका विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०७९/०८० को लागि सार्वजनिक गरेको हो शुक्रबार गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले गाउँसभामा निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएका थियो ।

निति तथा कार्यक्रममा सामाजिक विकास अन्र्तगत शिक्षा, स्वास्थ्य तथा पोषण, महिला, बालबालिका, किशोर किशोरी, जेष्ठ नागरिक, अपांगता तथा समाजकल्याण, संस्कृति तथा सम्पदा, युवा तथा खेलकुद, सामाजिक विकास, सुरक्षा तथा संरक्षण र गैरसरकारी संस्थालाई पनि समावेश गरिएको छ ।

गाउँपालिकाका सबै वडाहरुमा घरमा सुत्केरी शुन्य बनाउने सत्तप्रतिशत संस्थागत सुत्केरी गराउने गाउँपालिका घोषणा गर्नुका साथै सुविधा सम्पन्न १५ शैयाको अस्पताल निर्माण कार्यलाई निरन्तर अनुगमन गरि समयसिमा भित्र भवन निर्माण कार्य सम्पन्न गरिने अध्यक्ष यम नाथ दनैले बताउनुभयो ।

शुक्रबार सार्वजनिक भएका नीति तथा कार्यक्रम गाउँ सभाबाट सर्वसम्मतले पारित भएको छ भने आगामी आर्थिक वर्ष २०७९/८० को बजेट १७ गते सार्वजानिक गरिने गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्