ब्लड क्यान्सर पीडित अमृत गिरीको उपचारको लागि चिल्ड्रेनपार्क आवासिय माविद्वारा नगद सहयोग

धादिङ,१० असार ।
ब्लड क्यान्सर रोगबाट पीडित धादिङका अमृत गिरीलाई चिल्ड्रेनपार्क आवासिय माध्यमिक विद्यालयले आर्थिक सहयोग गरेको छ । विद्यालयबाट संकलित रकम विद्यालयका प्रिन्सिपल षष्टिकुमार श्रेष्ठले हस्तान्तरण गर्नुभएको हो ।

पुर्व विद्यार्थी समेत रहेका गिरीको उपचारको लागि नगद ६० हजार ९ सय रुपैँया सहयोग गरीएको हो ।स्कुलबाट १५ हजार, कलेज तथा स्कुलका कर्मचारी र शिक्षकबाट संकलित २१ हजार, सुमिना श्रेष्ठ पुर्व शिक्षकबाट ७ हजार, विविएसका विद्यार्थीबाट संकलित २ हजार २ सय, स्कुलका विद्यार्थीबाट संकलित १५ हजार ७ सय गरी जम्मा ६० हजार ९ सय हस्तान्तरण गरीएको हो ।

क्यान्सर रोगको उपचार महंगो हुने भएकोले अमृत गिरीको उपचारको लागि सहयोग गर्न विद्यालयले सबैलाई आग्रह गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्