देशभर थपिए २७ कोरोना संक्रमित

धादिङ,११ असार ।
नेपालमा पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार १८ सय २ जनामा गरिएको परीक्षणबाट २७ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ सय ३७ जनाको पीसीआर र ८ सय ६५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । यस्तै, अहिले नेपालमा एक सय ८८ जना संक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ । कोरोनका कारण नेपालमा हालसम्म ११ हजार नौ सय ५२ जनाले ज्यान गुमाइसकेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्