नेत्रावती डबजोङ गाउँपालिकाको बजेट ४५ करोड २ लाख ८३ हजार

धादिङ,११ असार ।
नेत्रावती डबजोङ गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि बजेट सार्वजनिक गरेको छ । शुक्रबार सम्पन्न भएको गाउँसभाले आर्थिक वर्ष २०७९/०८० का ४५ करोड २ लाख ८३ हजार रुपैँयाको बजेट विनियोजन गरेको छ ।

गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष सिता चोदेनले बजेट प्रस्तुत गर्नु भएको थियो ।सभाले आगामी आर्थिक बर्षको लागि आर्थिक, सामाजिक, पूर्वाधार, सुशासन तथा अन्र्तरसम्बन्धित क्षेत्र, न्यायिक समिति, लैङ्गिक तथा सामाजिक समावेशीकरण, वातावरण तथा विपद व्यवस्थापन लगायतका शिर्षकमा बजेट विनियोजन गरेको छ ।

गाउँसभामा बिहीबार गाउँपालिका अध्यक्ष मेघनाथ रिजालले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्