धादिङको रुवी भ्याली गाउँपालिकामा पुग्यो बैंक

धादिङ,१२ असार ।
धादिङको रुवी भ्याली गाउँपालिकामा बैंक अफ काठमाडौको शाखा विस्तार गरिएको छ ।

नवनिर्वाचित गाउँपालिका अध्यक्ष राम सिं तामाङको आईतबार खाता खोलेर बैंकको सेवा सुरु गरिएको हो । यो सगै धादिङको १३ वटै स्थानिय तहमा बैंक सेवा पुगेको छ ।

भौगोलिक हिसाबले बिकट रुवी भ्यालिमा बैंक पुगेपछि गाउँपालिकाको योजना भुक्तानी लिन धादिङबेसी झर्नु पर्ने बाध्यता अन्त्य भएको गाउँपालिका अध्यक्ष तामाङले बताउनुभयो ।

उहाँले नयाँ आर्थिक वर्षबाट गाउँपालिकाको सम्पुर्ण आर्थिक कारोबार बैंक अफ काठमाडौबाट गरिने पनि बताउनुभएको छ । गाउँमै बैंक सेवा सुरु भएसँगै स्थानीयहरुमा खुसी छाएको छ ।

योसँगै बागमती प्रदेशकोसबै स्थानीय तहमा बैंकका शाखाहरू पुगेको छ । बागमती प्रदेशमा दुई हजार ९४१ बैंक तथा वित्तीय संस्थाका शाखाहरू स्थापना भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्