च्याडुमा स्कार्पियो दुर्घटना हुँदा दुईजना घाईते

धादिङ,१२ असार ।
धादिङको सिद्धलेक गाउँपालिका १ स्थित च्याडुमा स्कार्पियो दुर्घटना हुँदा दुईजना घाईते भएको छ ।

दुर्घटनामा सवारी चालक नीलकण्ठ नगरपालिका ३ का ३६ वर्षीय कुमार गुरुङ र गाडीमा सवार रौतहट घर भई हाल नीलकण्ठ नगरपालिका ३ बस्दै आएका ३१ वर्षीय सौसन शाह घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

आईतबार दिउँसो मलेखु तर्फबाट धादिङबेशी आउँदै गरेको बा १५ च ३८२७ नम्बरको स्कर्पियो आफै अनियन्त्रीत भई सडक बाट करिब ८० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।घाईते दुबैजनाको धादिङ अस्पतालमा सामान्य उपचार पश्चात थप उचारको लागि काठमाण्डौं लगिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्