धादिङबेशीमा विपद् सम्बन्धी नमूना उद्धार विधि प्रदर्शन

धादिङ,१४ असार ।

धादिङबेशीमा विपदमा परेकाको उद्दार सम्बन्धी नमूना उद्धार विधि प्रदर्शन गरिएको छ ।

मंगलबार धादिङबेसी स्थित नेपाली सेनाको ब्यारेक परिसरमा विपदमा कसरी उद्धार गर्ने र जिल्लाको तयारी के–कस्तो छ भन्ने विषयमा नमूना उद्धार विधि प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा जिल्ला विपद् व्यवस्थापन समिति, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी, संयुक्त एम्वुलेन्स चालक संघ र धादिङ सोसिएल भोलेन्टियरले घटना स्थल कसरी पुग्ने, रत्ताम्मे भएर लडेका घाईतेहरुलाई कसरी डोरीको सहायतले उद्दार गर्ने, घटना स्थलमा प्राथमिक उपचार, त्यसपछि उद्दार र विरामीको अवस्था वर्गिकरण गरि अस्पताल पु¥याउने लगाएतको प्रयोगात्मक अभ्यास गरिएको थियो ।

कार्यक्रममा सरोकारवाला निकायका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्