कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै

धादिङ,१४ असार

केही दिन यता नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जान थालेको छ ।

१५ दिन अघिसम्म २० देखि ३० जनाको हाराहारीमा मात्रै कोरोनाका सङ्क्रमित भेटिने गरेकोमा हिजो आज त्यसको सङ्ख्या ४० भन्दामाथि पुगेको छ । आज पनि ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

२ हजार ७ सय ९८ जनामा परीक्षण गर्दा पिसिआर विधिबाट ३८ तथा एन्टिजेन विधिबाट ६ जनामा सङ्क्रमण पुष्टि भएको हो । नयाँ सङ्क्रमितमध्ये सबैभन्दा धेरै काठमाडौँका १७ जना रहेका छन् भने ललितपुरका ६ जना रहेका छन् ।

यही अवधिमा थप १७ जना सङ्क्रमणमुक्त पनि भएका छन् । हाल देशभर २ सय २९ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १ लाख ३६ हजार ९ सय ९६ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

नेपालमा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ९ सय ५२ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्